राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित

न्युयोर्क- अहिले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन ।
तर, युद्ध सुरु भएको ३ वर्ष पूरा भएको अवसरमा सोमबार संयुक्त राष्ट्र संघको महासभाले युक्रेनको पक्षमा प्रस्ताव पारित गरेको छ । जसमा युक्रेनबाट तत्काल सबै रुसी सेना फिर्ता गर्नुपर्ने, शान्तिपूर्ण समाधान र तनाव कम गर्न माग गरिएको छ ।
उक्त प्रस्तावमार्फत रुस र युक्रेनबीचको तनाव कम गर्न, जतिसक्दो चाँडो शत्रुता अन्त्य गर्न र युक्रेन विरुद्धको युद्धको शान्तिपूर्ण समाधान गर्न आह्वान गरिएको थियो । जस प्रस्तावमा १९३ सदस्य राष्ट्रहरू सम्मिलित संयुक्त राष्ट्र महासभाले युक्रेन र यसका युरोपेली सहयोगीहरूले प्रस्तुत गरे अनुसार युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति पछ्याउने मस्यौदा प्रस्तावमा मतदान गरिएको हो ।
उक्त प्रस्ताव पक्षमा ९३ मतले पारित भएको थियो तर यसको विपक्षमा १८ मत परेको थियो भने भारतसहित ६५ सदस्य राष्ट्रले यो मतदान प्रक्रियामा भाग नै लिएनन् । राष्ट्रसङ्घमा प्रस्ताव स्वीकृत हुने बित्तिकै संयुक्त राष्ट्र सङ्घको सभा हल तालीको गर्जनले गुञ्जिएको थियो र सदस्य राष्ट्रहरूले प्रस्तावलाई स्वीकृत गरेकोमा स्वागत गरेका थिए ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी युद्ध युरोपको शान्ति र सुरक्षाका लागि मात्र नभई संयुक्त राष्ट्र संघको आधारशिला र यसका मूल सिद्धान्तका लागि पनि गम्भिर खतरा भएको जनाएका छन । रूस– युक्रेन युद्धको तेस्रो वर्ष पूरा भएपछि यो प्रस्ताव आएको हो।
उता, अमेरिकी मस्यौदा प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रसंघका लागि राजदूत डोरोथी शिले यूएनजीएका धेरै प्रस्तावहरूले रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न माग गरेको छ तर ती प्रस्तावहरूले युद्ध रोक्न असफल भएका छन्। तर पनि उनले भने, ‘यो युद्ध अहिले निकै लामो समयसम्म तानिएको छ । युद्धका कारण युक्रेन, रुस र त्यसभन्दा बाहिरका जनताले ठूलो मूल्य चुकाउनु परेको छ, अब यो रोकिनु पर्छ।”

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया