सिंहदरबार घेराउ गर्न पुगेका खगेन्द्र संग्रौला, नारायण वाग्लेसहितको टोली प्रहरी नियन्त्रणमा
काठमाडौँ । विभिन्न माग राख्दै सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य क्षेत्रमा देखिएको विकृतको विषयमा नारा लगाउँदै बिहान सिंहदरबार क्षेत्रमा पुगेका नागरिक समाजका अगुवाहरूलाई नियन्त्रणमा लिएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी, विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले सिंहदरबार घेराउ गर्न पुगेका थिए । पक्राउ परेकामा नागरिक अगुवा नारायण वाग्ले, खगेन्द्र संग्रौला, अर्चना थापालगायत रहेका छन् ।
स्वास्थ्यलगायतका क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताबारे खबरदारी गर्न नागरिक आन्दोलनले ‘सिंहदरबार मार्च’ को व्यानरमा प्रदर्शन गरेको थियो ।

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

प्रतिक्रिया