केपी ओली कपमा आज दुई खेल हुँदै

काठमाडौँ- जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुँदैछन् ।
आज पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ । यसअघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको थियो । यो खेल बिहान साढे ११ बजे शुरु हुने छ ।
त्यस्तै दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडबीच हुने छ । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन् ।
यसअघि सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ भने केपी ओली एफसीले न्यूरोड टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया