फिल्म ‘लाज शरणम्’ को अग्रिम बुकिङ खुला,मल्टिप्लेक्समा उत्साहजनक शो

काठमाडौं - चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो ।
यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ ।
विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ ।
लाज शरणम्’ वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस)छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया