प्रहरी कुट्ने अनेरास्ववियूका पाँचै जनालाई धरौटीमा छाड्ने आदेश

काठमाडौं - काठमाडौंको ठमेलमा प्रहरी कुट्ने सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरूलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश हर्कबहादुर केसीको इजलासले सो प्रकरणमा पक्राउ परेका पाँचै जना विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
इजलासले पक्राउ परेका रमेश फुलारालाई १५ हजार तथा कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई जनही १०-१० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष हुन् ।
उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेका थिए ।
अनेरास्ववियूका नेताहरूको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया