न्यूरोड टिमलाई हराउँदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा

काठमाडौं - केपी ओली एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा केपी ओली एफसीले न्यूरोड टिमलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
केपी ओली एफसीले खेलको ६३ औ मिनेटमा सुरज ज्यू ठकुरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
अब सेमिफाइनलमा केपी ओली एफसीले मछिन्द्र क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेडबीचको खेलको विजेतासँग खेल्ने छ ।
अब मंगलबार केपी ओली कपमा दुई खेल हुनेछन् । मंगलबार पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ । यो खेल बिहान साढे ११ बजे शुरु हुने छ । त्यस्तै दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडबीच हुने छ । यो खेल अपरान्ह ३ बजेदेखि शुरु हुने छ । दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया