संसद्को अभिलेखमा रहेको सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन

काठमाडौं - सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जली व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।
सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिए । उनले संसद् सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया