नेप्सेमा सामान्य वृद्धि

काठमाडौं - यो साता कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव ३५ अंकले बढेर दुई हजार सात सय ५८ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १० कम्पनीको दुई करोड ११ लाख १० हजार कित्ता शेयर एक लाख ३ हजार २६२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ १.२२, लगानी १.०९ , उत्पादन तथा प्रशोधन ६९.८० र अन्य समुह ५८.१४ प्रतिशतले बढेको छ । अरू सबै समूहको उप सूचक घटेको छ ।
आज गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५९ करोड ३५ लाख ३८ हजार ९५ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया