खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

खाँदबारी (सङ्खुवासभा)- कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।
आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

भारत पुर्याइएका सात किशोरीको उद्धार

कोदो खेतीमा किसानको आकर्षण बढेन

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रतिक्रिया