नसरल्लाहको अन्त्येष्टिमा खामेनीद्वारा इजरायलविरुद्ध ‘प्रतिरोध’ को प्रतिज्ञा

तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सेप्टेम्बरमा इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका नेता हसन नसरल्लाहको आइतबार बेरुतमा भएको अन्त्येष्टिमा इजरायलविरुद्ध ‘प्रतिरोध’ को प्रतिज्ञा गरेका छन् ।
खामेनीले आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनेका छन्, “दुश्मनलाई थाहा हुनुपर्दछ कि कब्जा, दमन र घमण्ड विरुद्धको प्रतिरोध कहिल्यै अन्त्य हुँदैन र इच्छित लक्ष्य हासिल नभएसम्म जारी रहनेछ ।”
सेप्टेम्बर २७ मा दक्षिण बेरुतमा इजरायली आक्रमणमा इरानी क्रान्तिकारी गार्डका जनरल अब्बास निलफोरोसनसँगै नसरल्लाह मारिएका थिए ।
लेबनानको राजधानीमा हिजबुल्लाह प्रमुख र उनका उत्तराधिकारी हाशेम सफिद्दिनको अन्त्येष्टिमा दशौँ हजार शोकाकुल भेला भएका थिए । नसरल्लाहका उत्तराधिकारी सफिएद्दिन छुट्टै आक्रमणमा मारिएका थिए ।
खामेनीले नसरल्लाहलाई ‘एक महान मुजाहिद (लडाकू) र प्रमुख नेता’ र सफिएद्दिनलाई ‘एक निकट विश्वासपात्र र नेतृत्वको अभिन्न अङ्ग’ को रूपमा प्रशंसा गर्नुभयो ।
इरानी राज्य टेलिभिजनले अन्त्येष्टि प्रत्यक्ष प्रसारण गर्दा एकजना एङ्करले ‘प्रतिरोध’ लडाकूहरूको प्रशंसा गर्दै कविता पाठ गरे ।
हिजबुल्लाह लामो समयदेखि ‘प्रतिरोधको धुरी’ को हिस्सा रहेको छ र यो इजरायल र यसको सहयोगी संयुक्त राज्य अमेरिकाको विरोध गर्ने इरान समर्थित सशस्त्र समूहहरूको गठबन्धन हो ।
इरानी राज्य मिडियाका अनुसार नसरल्लाह र सफिएद्दिनको शोक मनाउन आइतबार पछि तेहरान र अन्य सहरहरूमा भेलाहरू आयोजना गरिने छ । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया