आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

गाजामा लडाइँ पुनः सुरु गर्न ‘कुनै पनि क्षण’ तयार : इजरायली प्रधानमन्त्री

जेरुसेलम- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको र ‘वार्ताको माध्यमबाट वा अन्य माध्यमबाट’ युद्धका उद्देश्यहरू पूरा गर्ने वाचा गरेका छन् ।

“हामी कुनै पनि क्षणमा तीव्र लडाइँ पुनः सुरु गर्न तयार छौँ”, इजरायलले युद्धविराम सम्झौताको एक हिस्साका रूपमा प्यालेस्टिनी कैदीहरूको रिहाइ रोकेको एक दिनपछि नेतान्याहूले युद्ध अधिकारीहरूका लागि आयोजित समारोहमा भने, “गाजामा हामीले हमासका अधिकांश सङ्गठित सेनाहरूलाई हटाएका छौँ तर यसमा कुनै शङ्का छैन–हामी युद्धका उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नेछौँ–चाहे वार्ताको माध्यमबाट होस् वा अन्य माध्यमबाट ।” (एएफपी)