नेपाल सरकारका अधिकृत श्यामले ल्याए गीत ‘फूलको रंग’

काठमाडौं - नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको कर्णप्रिय गीत सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमी गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतलेसाथ दिएकी छन् ।
लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द गीतकार दयाराम पाण्डेले कोरेका हुन् । गीतमा एरेन्ज महाराज थापाको रहेको छ ।
एउटा प्रेमीले प्रेमीको सौन्दर्यको बर्णन गरेको गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र उषा उप्रेती फिचर्ड छन् । प्रभात र उषालाई रोमान्टिक जोडीको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोको निर्देशन विक्रम स्वारले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा प्रविन भट्टले निर्देशन गरेका हुन् ।
गायक श्याम राउत नेपाल सरकारका निजामती सेवाका अधिकृत हुन् । उनले भारतको इलाहाबादबाट क्लासिकल संगीत सिकेका छन् । गायिका मिराले पनि इलाहाबादबाट क्लासिकल संगीत सिकेकी हुन् ।
धेरै पहिले देखिन आफ्नो स्वरमा गीत ल्याउन चाहना हुदाहुदै पनि कामको व्यस्तताले गर्दा अहिले भर्खर त्यो संयोग जुरेको गायक राउतले बताए ।

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

कस्तो छ ‘सितारे जमीं पर’ ?

प्रतिक्रिया