ब्ल्याक बुल्सलाई हराउँदै एपीएफ केपी ओली कपको क्वाटरफाइनलमा

काठमाडौं - एपीएफले केपी ओली कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आइतबार सम्पन्न उद्घाटन खेलमा टाई ब्रेकरमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा पुगेको छ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बनेपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो ।
एपीएफको जितमा गोल किपर एन्जल श्रेष्ठ हिरो बनेका थिए । उनले दुई पेनाल्टी रोकेर आहा रारा गोल्डकप जितेको ब्ल्याक बुल्सलाई प्रतियोगिताबाटै बाहिरको बाटो देखाइदिएका थिए । अब एपीएफले क्वाटरफाइनलमा संकट क्लबसँग खेल्ने छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया