जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय ललितपुरको ग्वार्को चोकमा सरेको छ । पार्टी कार्यालयको आइतबार पार्टी अध्यक्ष अशोककुमार राईले उद्घाटन गरेका हुन् ।
सो अवसरमा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको नेता प्रदीप यादवले जानकारी दिए । पार्टी कार्यालय उद्घाटनपछि भएको छलफलमा जसपा नेताहरूले पार्टीको आगामी यात्रा, संगठन सुदृढीकरण, र जनसेवामा केन्द्रित योजनाहरूको चर्चा गरे।
नयाँ कार्यालयले पार्टीको संगठनात्मक कार्यहरूलाई अझ व्यवस्थित बनाउन तथा प्रभावकारी रूपमा जनताको सेवा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यादवले बताए । राई नेतृत्वको जसपा उपेन्द्र यादवसँग अलग भएको हो । एकीकृत हुँदा जसपाको केन्द्रीय कार्यालय ललितपुरकै बालकुमारीमा थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया