मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

भैरहवाको मुख्य बजार डुबानमा

बुटवल : आइतबार परेको भारी वर्षाका कारण भैरहवाका मुख्य बजारहरू डुबानमा परेका छन् । भैरहवाको प्रहरी टोल, गल्लामण्डी र बैंकरोड लगायतका क्षेत्र नै डुबानमा परेका हुन् । 

डुबानका कारण मुख्य बजार क्षेत्रहरूमा रहेका केही पसल, भैरहवा भीम अस्पताल, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयमा पनि पसेको छ ।

भैरहवा बिमानस्थलमा रहेको जल तथा मौसम कार्यालयका प्रमुख राम नारायण मिश्रले पछिल्लो २४ घण्टामा भैरहवामा ६४ दशमलब २ मिलिमिटर पानी परेको जानकारी दिएका छन् । मिश्रले अझै सोमबारसम्म नै भैरहवामा पानी पर्ने सम्भावना रहेको जनाए ।