अदालतलाई प्रभावित पार्ने शब्द मान्य छैन : नेपाल

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने बताएका छन् । बिहान आफ्नो समूहका कार्यदल सदस्यहरूसँग नेता नेपालले अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।
कार्यदलका सदस्यहरू सहमतिका लागि तयार पारेको मस्यौदामा नेपालको सहमति खोज्न बिहान नेपाल निवास पुगेका थिए । मस्यौदामा अदालतमा विचाराधिन रिट प्रभावित पार्ने शव्दावलीमा सम्झौता नगर्ने भन्दै फर्काएका हुन् ।
शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन आफ्नो निवासमा आएका आफ्नो समूहका कार्यदल सदस्यहरूलाई शब्दावलीमा असहमति जनाएर फिर्ता पठाएका हुन् ।
कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । नेपाल निवासमा पुगेका एक कार्यदल सदस्यले भने, 'उहाँले शव्दावलीमा असन्तुष्टी जनाउनुभयो । सच्याउन भन्नुभएको छ । हामीले त्यो विषय कार्यदल बैठकमा राखेका छौं ।'
आफ्नो अडानमा टसमस नगर्ने नेपालले बताउँदै आएका छन् ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया