नेतन्याहुमाथि सिरी र केटाहरूलाई ‘त्यागेको’ बिबास परिवारको आरोप

जेरुसेलम- इजरायलको बिबास परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि शुक्रबार हमासको सन् २०२३ को आक्रमण अवधिमा आफ्ना प्रियजनहरूको रक्षा गर्न र उनीहरूलाई घर फिर्ता ल्याउन असफल भएको आरोप लगाएको छ ।
प्यालेस्टिनी लडाकू समूहले दावी गरेअनुसार बिहीबार हमासबाट प्राप्त शव सिरी बिबासको नभएको इजरायलले घोषणा गरेपछि परिवारको यो पहिलो टिप्पणी हो ।
हस्तान्तरण गरिएका अन्य तीनवटा शव अनुभवी शान्ति कार्यकर्ता ओडेड लिफसिट्ज र सिरीका दुई साना छोराहरू कफिर र एरियलका थिए भन्ने पुष्टि भएको छ ।
सिरीकी भाउजू ओफ्री बिबासले इजरायली अधिकारीहरू विशेष गरी प्रधानमन्त्रीले बन्धकहरूको रक्षा गर्न असफल भएको र उनीहरूलाई त्यागेको आरोप लगाए ।
“उनीहरूलाई जीवितै फिर्ता ल्याउनु इजरायलको जिम्मेवारी र दायित्व थियो”, उनले इजरायली अभियान समूह, बन्धक र बेपत्ता परिवार मञ्चमार्फत परिवारका तर्फबाट जारी विज्ञप्तिमा भने, “अक्टोबर ७ मा उनीहरूलाई त्यागेकोमा कुनै माफी छैन र कैदमा उनीहरूलाई त्यागेकोमा कुनै माफी छैन । प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, हामीले यस पीडादायी क्षणमा तपाईंबाट माफी मागेका छैनौँ ।”
हमासले बिहीबार फिर्ता गरिएका अवशेषहरूमा सिरी बिबास र उनका दुई साना छोराहरू समावेश रहेको बताएको थियो, जसका बुबा यार्डेन प्यालेस्टिनी समूहले यस महिनाको सुरुमा बन्धक–कैदीको आदानप्रदानमा रिहा गरेका थियो ।
इजरायलले दुई केटाको पहिचान पुष्टि गरे पनि सिरी बिबासको दाबी गरिएको शव उनको नभएको बताएको छ ।
“मेरा प्यारा भतिजाहरूलाई जीवितै घरबाट लगियो र कैदमा भएका बेला क्रूर आतङ्कवादी सङ्गठनद्वारा हत्या गरियो । उनीहरू यस्तो भाग्यका लागि योग्य थिएनन्”, ओफ्री बिबासले भने, “पहिले नै १६ महिना चलिसकेको हाम्रो पीडादायी यात्रा समाप्त भएको छैन । अक्टोबर ७ जारी छ । हामी अझै सिरीको प्रतीक्षा गरिरहेका छौँ र उनको भाग्यका लागि डराइरहेका छौँ ।”
“एरियल र कफिरको खातिर तथा र यार्डेनको खातिर हामी अहिले बदला लिन खोजिरहेका छैनौँ । हामी सिरी मागिरहेका छौँ”, उनले भने, “तिनीहरूको क्रूरताले सिरीलाई हामीसम्म फिर्ता ल्याउने, जीवित बन्धकहरूको जीवन बचाउने र सबै मृतकहरूलाई गाड्नका लागि फिर्ता गर्नुपर्ने तत्काल आवश्यकतालाई मात्र जोड दिन्छ ।”
ओफ्री बिबासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘इजरायल र हाम्रो परिवारलाई यो महत्त्वपूर्ण मिसन पूरा गर्न सहयोग गर्न’ अपिल गरे ।
नेतन्याहुले हमासलाई सिरी बिबासलाई फिर्ता नगरेर र बदलामा ‘एक गाजावासी महिलाको शव कफिनमा राखेर’ गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाए ।
हमासले लामो समयदेखि युद्धको शुरुमै इजरायली हवाई आक्रमणले केटाहरू र उनीहरूकी आमालाई मारेको दाबी गर्दै आएको छ तर शुक्रबार इजरायली अधिकारीहरूले केटाहरूलाई ‘कैदमा हत्या गरिएको’ आरोप लगाएका छन् ।
सन् २०२३ अक्टोबर ७ मा अपहरण भएदेखि सिरी बिबास र उनका दुई छोराहरू, एरियल जो त्यतिबेला चार वर्षका थिए र कफिर, जो त्यतिबेला नौ महिनाका मात्र थिए, इजरायलको बन्धक पीडाको प्रतीक बनेका थिए । , ९ (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया