अल नासर पराजित

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिफाकसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
अल इत्तिफाकको जित मा जोर्जिनियो विजनाल्डमले २ गोल गरेका थिए भने एक गोल अल नासरका मोहमद अल फातिले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै अल नासरका लागि आयम्यान याहया र मोहमद अल फातिले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको इन्जुरी समयमा अल नासरका जोन दुरानले रातो कार्ड पाएका थिए ।
यो यस सिजनमा अल नासरको तेस्रो हार हो । यो हारपछि अल नासरको २१ खेलमा ४४ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।
त्यस्तै अल इत्तिफाकको भने यो जितपछि २१ खेलमा २८ अंक भएको छ र लिगमा आठौँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया