मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो : प्रधानमन्त्री

फाइल फोटो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलन हुन लागेकामा खुसी प्रकट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ को आयोजक समिति र सल्लाहकारसहितको परामर्श बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली जग भएको बताएका हुन्।

उनले यसै हिमवतखण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादूर्भाव भएको प्रसङ्ग उल्लेख गर्दै धर्तीको यो भूभाग त्रेतायुगदेखि नै औषधि विज्ञानसम्मको आरम्भ भएकाले यसको गौरवलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए।

आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौंमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरुको सहभागिता रहनेछ। यसअघि २०७६ मा काठमाडौंमा यस प्रकारको पहिलो सम्मिलन भएको थियो।

सम्मेलनमा सिक्मिका पूर्व मुख्यमन्त्री एवं साहित्यकार पवन चाम्लिङले नेपाली भाषाको अन्तर्राष्ट्रिय आयमबारे प्रचवन दिने छन्। कार्यक्रमको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट र समापन प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट हुनेछ। 

सम्मेलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखड बृहत सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवत खण्डका क्षेत्रका कविहरुको काव्य उत्सवसमेत हुनेछ। सम्मेलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सातै प्रदेशका विद्वानले गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

बैठकमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिहरू वैरागी काईंला, गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, सम्मेलनका सल्लाहकार डा केशवप्रसाद सुवेदी, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, साहित्यकार डा तुल्सीप्रसाद भट्टराई, संस्कृतिविद् डा वीणा पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीगायत सहभागी हुनेछन्।

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे