‘जोगिन्दरको पान दुकान’ सिजन–२ आउने

काठमाडौँ- ‘जोगिन्दर’ उपनामबाट चर्चित कलाकार तथा प्रस्तोता शिवशंकर रिजालले चर्चित टेलिभिजन कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन–२ ल्याउने भएका छन् । यसअघि ११ वर्षसम्म हिमालयलगायत विभिन्न टेलिभिजनमा सञ्चालन भएको कार्यक्रमको सिजन-२ बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने भएको छ ।
प्रस्तोता रिजालले उक्त कार्यक्रम हरेक बिहीबार बेलुका ८ः३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरुलाई बोलाएर मनोरञ्जनात्मक संवाद गरिनेछ ।
मधेशवासीको लवजमा प्रस्तुत हुँदै रिजालले कार्यक्रमलाई सन्देशमूलक बनाउने समेत जानकारी दिए । उनका अनुसार कार्यक्रम यही फागुन महिनाको तेस्रो हप्ताबाट प्रसारणमा आउनेछ ।
सरकारी जागीर छोडेर हास्यब्यंग्यमार्फत कलाकारितामा लागेका रिजाल देश तथा विदेशका मन्चमा समेत निकै लोकप्रिय कलाकार हुन् । जनसेवाश्री पदकबाट समेत विभूषित रिजाल राजनीतिक र सामाजिक बिकृतिको कटाक्षले भरिएका गाइजात्रा प्रस्तुतिहरुले समेत चर्चित छन् ।

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

कस्तो छ ‘सितारे जमीं पर’ ?

प्रतिक्रिया