स्मार्ट सिटी र नयाँ शहरको काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह

टिकापुर :उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले स्मार्ट सिटी र नयाँ शहरको काम क्रमिक रूपमा अघि बढाउने बताएका छन् ।
कैलालीको टिकापुरमा रहेको वीरेन्द्र विद्यामन्दीरको स्वर्ण महोत्सवको उद्घाटन गर्नुहुँदै उनले यस्तो बताएका छन् । उपप्रधानमन्त्री सिंहले टिकापुरलाई स्मार्ट सिटिका रूपमा विकास गर्ने काम अघि बढिसकेको भन्दै सरकारले घोषणा गरेका स्मार्ट सिटि र नयाँ शहरको काम अब क्रमिक रूपमा अगाडि बढ्ने बताए ।
त्यस्तै, टिकापुर शैक्षिक शहरका रूपमा विकसित भएकोमा खुशी व्यक्त गर्दै उनले अब शिक्षालाई सीपसँग जोडनुपर्नेमा जोड दिए । उनले विद्यार्थीको शैक्षिकसँगै उनीहरूको रुचिको क्षेत्रमा पनि प्रेरित गरेर शिक्षाको गुणस्तरसँगै समग्र व्यक्तित्व विकासमा ध्यान दिन आग्रह गरे ।
यहाँबाट उत्तिर्ण भएर जाने विद्यार्थीहरूले देशलाई, समाजलाई योगदान गर्न सक्ने बनाउन शिक्षकहरूले विशेष ध्यान दिनुपर्छ,´ उपप्रधानमन्त्री सिंहले भने, शैक्षिक सर्टिफिकेटसँगै केही न केही सिपको सर्टिफिकेट भयो भने आगामी दिन सहज हुन्छ । विद्यार्थीको समग्र विकासमै अब जोड दिनुपर्छ ।´
त्यस्तै उनले विद्यार्थीहरूले पाठ्यक्रम सँगै राजनीतिक, सामाजिक, आर्थिक विषयमा चासो राख्नुपर्ने बताए । समाजमा देखिएका बेथितिबारे चासो राखेर समाधानका लागि पनि विद्यार्थीहरूले योगदान गर्न भूमिका खेल्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे ।
विरेन्द्र विद्या मन्दिरले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गरे । यहाँ अध्ययन गरेका विद्यार्थीहरूले अहिले विभिन्न क्षेत्रमा याेगदान गरिरहेको भन्दै विद्यालयले दिएको असल शिक्षाकै कारण त्यो सम्भव भएको भन्दै आगामी दिनमा अझ राम्रो गर्न शुभकामना दिए । स्वरण महोत्सवका अवसरमा विद्यामन्दीरबाट अध्ययन गरि समाजका विविध क्षेत्रमा योगदान गरिरहेका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
विद्यामन्दीरका पूर्व विद्यार्थी काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारी, शहरी विकास मन्त्रालयका उपसचिव झपट विश्वकर्मा, वरिष्ठ पत्रकार प्रशान्त अर्याललगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी , कांग्रेस नेता रणबहादुर रावललगायतकाे सहभागिता थियो। आजबाट शुरू भएको महोत्सव तीन दिन चल्नेछ ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया