शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

ग्लोबल मोटर्सले उद्घाटन गर्यो ललितपुरमा टीभीएसको नयाँ शोरूम

फाइल फोटो

ग्लोबल मोटर्सले बालकुमारी मा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । फागुन ८ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए।

ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ। त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ। बालकुमारीमा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले जनाएका थिए ।

“टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पु¥याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता ले भने ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…