बुवाआमालाई अमेरिकाले निकाल्ने भन्दै साथीहरूले जिस्काएपछि ११ वर्षीया बालिकाले गरिन् आत्महत्या

टेक्सास- अमेरिकाको टेक्सासमा ११ वर्षीया बालिकाले आत्महत्या गरेको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।
परिवारको अध्यागमन अवस्थाका कारण विद्यालयमा उनलाई लगातार जिस्काउने गरेको र स्कूलमा उनका सहपाठीहरूले उनलाई उनका आमाबुवालाई अमेरिकाबाट निकालिने र एक्लै छाड्ने धम्की दिएपछि प्रताणित भएर आत्महत्या गरेको खुलेको हो ।
यही मानसिक तनाव र डरका कारण ११ वर्षीया बालिकाले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार टेक्सास निवासी जोस्लिन रोजो कारान्जा नामकी छात्राले विद्यालयमा लगातार दुर्व्यवहारको शिकार भएकी थिइन् । उनको परिवारको अध्यागमन स्थितिका कारण उनको विद्यालयका केही विद्यार्थीहरूले उनलाई उत्पीडन गरेको आरोप छ । छोराछोरीले उनलाई आमाबुवालाई साङ्लोमा बाँधेर देश बाहिर पठाइदिने र एक्लै छाड्ने भन्ने डर देखाइने गरिएको थियो । यही मानसिक यातनाको शिकार बनेर जोस्लिनले ८ फेब्रुअरीमा आत्महत्या गरेकी हुन् ।
जोस्लिनकी आमा मार्बेला कारान्जाले आफ्नी छोरीमाथिको यातनाबारे आफूलाई पुर्व कुनै जानकारी नभएको बताइन् । उनले भनिन् ‘मेरी छोरीले आफू यति तनावमा छिन् भन्ने कुनै संकेत कहिल्यै दिइनन् । मलाई कहिल्यै थाहा थिएन कि उसलाई स्कूलमा दुर्व्यवहार गरिएको थियो । यस विषयमा छानबिन सुरु भएपछि मात्र जोस्लिनले विद्यालयमा छोरीमाथि निरन्तर दुर्व्यवहार भइरहेको खुलेको थियो । तर, विद्यालय प्रशासनले उनीहरूलाई यसबारे कुनै जानकारी परिवारलाई दिइएन् ।
अहिले जोस्लिनले आत्महत्या गरेपछि विद्यालय प्रशासन नै शंकाको घेरामा परेको छ । विद्यालयलाई यसबारे जानकारी भएपनि कुनै कारबाही नगरेको उनकी आमाको आरोप छ । गेनेसभिल इन्डिपेन्डेन्ट स्कुलमाथि जिल्ला प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । विद्यालय प्रशासनले दुर्व्यवहारका घटनालाई नजिकबाट नियाल्ने र त्यस्ता गुनासोहरूलाई गम्भीरताका साथ लिने बताए पनि जोस्लिनको मुद्दामा कुनै ठोस वक्तव्य जारी नगरिएको उल्लेख गरिएको छ ।
जोस्लिनको अन्त्येष्टि बुधबार मात्रै भएको थियो, जसमा सयौं मानिसहरूको सहभागीता रहेको थियो। यही क्रममा उनकी साथी रूबेलाले भनिन्- ‘हामीसँगै रुख चढ्ने गर्दथ्यौं, हाँस्ने गर्दथ्यौं र हाम्रा हरेक साना–ठूला कुरा सेयर गर्थ्यौं । उनी एकदमै असल साथी थिइन् ।’
जोस्लिनको मृत्युले अमेरिकामा बाल बालिकामाथि हुने दुर्व्यवहार र आप्रवासी परिवारमाथि हुने भेदभावको गम्भीरतालाई उजागर गरेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यो घटनापछि धेरै संघ संस्थाले विद्यालयमा हुने दुर्व्यवहार रोक्न थप कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् ।
साथै आप्रवासी परिवारका बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्नका लागि कदम चाल्नुपर्नेमा पनि जोड दिइएको छ । जोस्लिनको परिवारले मृतकको न्यायका लागि माग गर्ने बताएका छन् ताकि अन्य निर्दोष व्यक्तिको जीवन यसरी समाप्त नहोस् ।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया