महाशिवरात्रिमा पशुपति क्षेत्रमा समन्वयात्मक सुरक्षा व्यवस्था

काठमाडौँ- पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गरिने भएको छ । सुरक्षा व्यवस्था मिलाउन सुरक्षासँग सम्बन्धित निकायका अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा आज बसेको सुरक्षा समितिको सो बैठकले दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीहरूको सुरक्षाका लागि भकुण्डोलस्थित भण्डारी गुठीघरको पार्कमा प्रहरी मूल शिविर स्थापना गर्ने निर्णय गरेको छ । त्यहाँ सञ्चार सेटसहितको नियन्त्रण कक्ष पनि स्थापना गरिने छ ।
आवास, भोजनस्थल, जुत्ताचप्पल कक्षलगायत आवश्यक स्थान गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राममन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, चार शिवालय, घाट क्षेत्र आदि स्थानमा नेपाल प्रहरीको सबकमाण्ड पोष्ट स्थापना गरिने भएको छ । दर्शनार्थी एवं तीर्थयात्रीका लागि प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाउन यसो गरिएको उनले सुनाए ।
उनका अनुसार सशस्त्र प्रहरी बलको मूल शिविर भुवनेश्वरी (नासल चोक) मा खडा गरिनेछ । गोरखनाथ, कैलाश, वनकालीलगायत अन्य आवश्यक क्षेत्रमा सबकमाण्ड पोष्ट खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाइने भएको छ ।
महाशिवरात्रि पर्वको दुई दिनअघि अर्थात् फागुन १२ गते बिहान ६ बजेदेखि फागुन १५ गते दिउँसो ३ बजेसम्मका लागि प्रभावकारी संयुक्त सुरक्षा योजना बनाई विशेष सुरक्षा व्यवस्था मिलाउने तयारी कोषले गरेको छ ।

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

करको दायरा बढाउन माग

जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा

प्रतिक्रिया