भैरहवामा प्लाई हाउसमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा

बुटवल : रुपन्देहीको भैरहवामा रहेको सुन्दर फ्रेम तथा प्लाई हाउसमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा आएको छ । सिद्धार्थनगर नगरपालिका-८ नारायण पथस्थित पसलमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो । रातभरको प्रयासपछि आइतबार बिहान ५ बजे नियन्त्रणमा आएको रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।
आगो नियन्त्रणका लागि २० भन्दा बढी दमकलको प्रयोग भएको थियो । सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहभागिता रहेको थियो । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरू परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगायतका दमकलले आगो निभाएका थिए ।
आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा उनीहरूको सकुशल उद्धार गरिएको थियो । घरमै रहेको नगद, मोटरसाइलसहित करिब ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया