एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

काठमाडौं - संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए ।
यसैबीच सापकोटाको पार्थिव शरीरमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जलीका लागि सापकोटको पार्थिव शरीर पार्टी कार्यालय आलोकनगरमा राखिएको थियो । प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, पार्टीका पदाधिकारी, स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी सदस्यहरूले सापकोटाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
सापकोटाको निधन भएपनि बिहीबार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगीत गरिएको छ । केन्द्रीय कमिटीको बैठक शुक्रबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर बस्ने गरी स्थगित गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया