नवीकरणीय ऊर्जासम्बन्धी आवश्यक कानुन निर्माणलाई प्राथमिकता - मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जासम्बन्धी आवश्यक कानुन निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाई आदान प्रदान कार्यक्रममा मन्त्री खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै कानुनी व्यवस्थालाई प्राथमिकतामा राखेको बताएका हुन् ।
मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएकाले उक्त विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित हुने बताए ।
उनले सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना समेत स्वीकृत गरिसकेको अवस्थामा स्वच्छ ऊर्जा रूपान्तरणलाई उच्च प्राथमिकता दिएको जिकिर गरे ।
उनले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्दै विद्युत् खपत प्रतिव्यक्ति वार्षिक एक हजार ५०० युनिट पुर्याउने लक्ष्य सहितको मार्गचित्र तयार गरिएको जानकारी दिए ।
राष्ट्रिय ग्रिड नपुगेका स्थानमा सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्याउने लक्ष्य लिएको उनको भनाइ छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया