एमाले विवाद मिल्ला त आज ?
आज पनि कार्यदल बैठक बस्दै
काठमाडौँ : नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दैछ । आजको बैठकमा नेताहरूले विवाद समाधानको घोषणा हुने बताएका छन् । सिंहदरबारमा हिजो बसेको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो । विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए ।
विष्टले दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरू आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए । “हामी भोलि(आइतबार) पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ । त्यो विन्दुसम्म पु¥याउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ,” हिजोको बैठकपछि भनेका थिए, “अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ । भोलि एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ ।”
एमालेका उपाध्यक्ष भीम रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताएका थिए ।
अन्य कार्यदलका सदस्यहरू तत्काल मिल्ने बताइरहे पनि वरिष्ठ नेता नेपाल भने शक्ति बाँडफाडमा कुरा नमिल्दासम्म सहमति गर्ने पक्षमा देखिन्नन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता नेपाललाई सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर के हुन्छ भन्ने प्रश्न गरेका छन् । दाहालले भेटेर र देउवाले टेलिफोनमा यस्तो जिज्ञासा राखेका हुन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुरुप कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेको नेपाल समूहका २३ जनाले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यो हस्ताक्षर फिर्ता गराउन अनेकन प्रयास गरिरहेका छन् । तर नेपाल भने सर्वोच्चले फैसला नगर्दासम्म रोकिने पक्षमा देखिएका छन् । सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको फौसला सुनाउने मिति सोमबारका लागि तोकेको छ ।
बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी हुनुहुन्थ्यो । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया