पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड

लिमा- पेरुमा मादक पदार्थ सेवन गरी आएका एक व्यक्तिले ५०० वर्ष पुरानो पुरातात्विक वस्तु (‘ट्वेल्भ एङ्गल स्टोन’)मा तोडफोड गरेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
प्रहरीका अनुसार ३० वर्षीय ती व्यक्तिले हथौडाले ढुङ्गामा प्रहार गरेको नजिकैको सिसिटिभी क्यामेरामा रेकडमा देखिएको थियो।
प्रहरीका अनुसार कुस्को शहरमा भएको घटनापछि उनलाई पक्राउ गरिएको छ ।
कुस्को प्रहरी चौकीका प्रमुख हेनरी भाल्डेजले सरकारी समाचार संस्था एन्डिनालाई बताएअनुसार गेब्रियल रोयसी नाम गरेका ती व्यक्ति रक्सी वा लागूपदार्थको नशामा थिए।
पेरुको संस्कृति मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘प्रतीकात्मक पत्थरको संरचना’ लाई धेरै टुक्रामा तोडिएको जनाएको छ ।
कुस्कोको संस्कृति मन्त्रालयका निर्देशक जर्ज मोयाले भन्नुभयो, “वर्तमान नियमअनुसार यो कार्य संस्कृतिमाथिको आक्रमण हो र यसका लागि छ वर्षसम्मको जेल सजाय हुन सक्छ ।”
यस घटनाले प्राचीन संस्कृतिका लागि संरक्षित ५०० वर्ष पुरानो पुरातात्विक वस्तु (‘ट्वेल्भ एङ्गल स्टोन’) मा ‘अपूरणीय क्षति’ पुर्याएको उनले बताए ।
उक्त पत्थर पेरुको इन्कान सांस्कृतिक सम्पदाको एक लोकप्रिय पर्यटक आकर्षण स्थल इन्का रोका महलको आकर्षण हो।
यसको सिद्ध १२–कोण सीमालाई इन्का सभ्यताको उन्नत पत्थरको कामको प्रतीकको रूपमा वर्णन गरिएको छ।
यो पत्थर अहिले कुस्कोमा आर्कबिशपको महल र एक कला सङ्ग्रहालयको भाग हो । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया