‘नेपाली कांग्रेसको मिसन गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार’
पाल्पा - सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष कांग्रेसका लागि मिसन–२०८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् ।
आज यहाँको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले भने “अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो ।” कांग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले कांग्रेस सक्रिय भएर लाग्ने प्रतिबद्धता महामन्त्री थापाले व्यक्त गरे ।
संसद्का दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो । महामन्त्री थापाले अब निःशुल्क स्वास्थ्य, शिक्षा र पर्याप्त रोजगारको वातावरण सिर्जना गर्ने गरी कांग्रेसले काम गर्ने उल्लेख गरे । उनले कांग्रेस २०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया