इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन देउवा भारत जाँदै

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा सहभागी हुन देउवा देउवा भारत जान लागेका हुन् ।
कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बूढानीलकण्ठ स्रोतले बतायो । देउवा वक्ता रहेको समिटिमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदैछन् ।
समिटमा सहभागी भएपछि देउवा महाकुम्भ मेलामा सहभागी भई गंगा स्नान गर्ने बुझिएको छ । १४ फागुनमा कुम्भ मेला सकिँदैछ । कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, प्रवक्ता डा.प्रकाशशरण महतलगायत दर्जनौं कांग्रेस नेता कुम्भ मेलामा सहभागी भएर गंगा स्नान गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया