इटहरी गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफाइनलमा

धरान (सुनसरी)- चर्च ब्वाइज यूनाइटेड काठमाडौँलाई २–१ गोलअन्तरले पराजित गर्दै धरान फुटबल क्लब १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलको धरानका लागि दोर्जे तामाङ र विवेक राईले एक÷एक गोल गरे । चर्च ब्वाइजका अनन्त तामाङले एक गोल फर्काए । प्लेयर अफ द म्याच धरान फुटबल क्लबका दोर्जे तामाङ घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल युनाइटेड खर्साङ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।
यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन् । साथै सर्वाधिक गोलकर्ताले रु २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

प्रतिक्रिया