छब्बिस आयोजना पुनःनिर्माण गर्न १९ अर्बको स्रोत सहमति

काठमाडौं - गत असोज दोस्रो साता आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ आयोजना पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले रू १८ अर्ब ८८ करोड बराबरको सहमति प्रदान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजना पुनःनिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार स्रोत सहमति भएका आयोजनामा १३ सडक र १३ पुल पुनःनिर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनःनिर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गलगायत छन् ।
त्यसैगरी अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सृजना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ ।

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण

मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

प्रतिक्रिया