लुम्बिनीको सञ्चार विधेयक पुनःलेखनका लागि दबाब
बुटवल : लुम्बिनी प्रदेश कानुन मस्यौदा समितिकी सभापती दामा शर्माले सञ्चार विद्येयक फिर्ता गरेर पुनःलेखन पनि गर्न सकिने बताएकी छन् । संविधानले प्रेस स्वतन्त्रता दिएकाले लुम्बिनी प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने उनको भनाइ छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको सञ्चार विधेयक विषयक छलफल कार्यक्रममा बोल्दै सभापति दामा शर्माले प्रदेश सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताइन । सञ्चार विधेयकलाई कसरी पूर्ण र राम्रो गराउन सकिन्छ भन्ने विषयमा विज्ञहरूसँग छलफल गरेर मात्र पास गराउने बताइन् ।
कानुन समितिका सदस्य खड्कबहादुर केसीले सञ्चार विद्येयकको विषयमा विज्ञहरूलाई बोलाएर छलफल गरिने बताए। सञ्चार विद्येयकमा पत्रकारहरूले उठाएका सुझावहरू सरकारमा लैजाने उल्लेख गर्दै सबैलाई मान्य हुने खालको विधेयक ल्याउने प्रतिबद्वता जनाए ।
कानुन समितिकी सदस्य रमा अर्यालले विद्येयकमाथि उठेका विषय समितिका छलफल गरी प्रेसमैत्री विधेयक ल्याउन पहल गर्ने प्रतिबद्धता जनाइन् । विज्ञहरूसँग छलफल गरी सञ्चार विद्येयक सुधार गरिने उनको भनाइ छ ।
पुनरावेदन अदालत बुटवल बार एकाई अध्यक्ष जोगबहादुर खत्रीले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने मनसायले सञ्चार विधेयकको प्रस्तावना आएको बताउँदै संविधानसँग विधेयक बाजिएको बताइन् । पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेले प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयक पत्रकारहरूका लागि मान्य नहुने बताउँदै सरकारले फिर्ता लगेर पुनःलेखन गर्नुपर्ने बताए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया