देशभर थपिए १४७४ संक्रमित, २९ जनाको मृत्यु

काठमाडौँ : २४ घण्टामा १ हजार ४ सय ७४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यही समयमा २९ जना कोभिड संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यो विवरणसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ३३ हजार ४ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । यो सँगै देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
सोमबारसम्म कोभिड १९ बाट १ हजार ५ सय ८ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार सोमबार एक हजार नौ सय ३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख १४ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् । हाल ५ सय ३५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया