नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौं - प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पेस गरेपछि सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। बहुमतले सदनले स्वीकृत गरेको हो ।
विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने छन् । अहिले सांसदहरूले विधेयकमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ । अहिलेसम्म सांसद श्यामकुमार घिमिरे, योगेश भट्टराई, चन्दा कार्की, विराजभक्त श्रेष्ठ, रामहरि खतिवडालगायतले आफ्नो धारणा राखिसकेका छन् ।
आइतबार गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए। तर गणपूरक संख्या नभएकाले निर्णयार्थ पेस हुन सकेन ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया