बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज

फाइल फोटो

काठमाडौँ- कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल आज डिस्चार्ज भएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य भने अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने भएका छन् । मेयर आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी दिएको छ ।

साथै, संक्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग हुने भेटघाट पनि हाललाई बन्द गरिएको अस्पतालले जनाएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन उडाउन खोज्दा पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

पोखरामा प्राथमिक उपचारपछि उनीहरूलाई शनिबार नै हेलिकप्टरमार्तफ काठमाडौं ल्याइएको थियो । आइतबार बिहान अस्पताल पुगेर राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।