एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौँ- लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एलआइसीको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।
यसअघि कम्पनीले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो ।
कम्पनीले माघ २१ गतेबाट सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री खुला गरेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
यसमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ कार्यालय लेखनाथमार्ग ठमेल काठमाडौं तथा एलआइसी नेपालका बिराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

मेटलाइफ नेपाललाई प्रतिष्ठित ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रद्वारा सम्मान

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माणका लागि सहयोग

सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम

सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलले लिइन् शपथ

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

प्रतिक्रिया