प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बर्न अस्पताल कीर्तिपुर पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पोखरा भ्रमण वर्ष-२०२५ उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्याँसले भरिएका बेलुनहरू विस्फोट भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरूलाई पोखराको अस्पतालमा प्रारम्भिक उपचार गराएर हेलिकोप्टरमार्फत काठमाडौंको कीर्तिपुरस्थिति बर्न अस्पतालमा ल्याइएको थियो ।
मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि पुगेका थिए । अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

प्रतिक्रिया