वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गर्यो - अध्यक्ष नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गरेर अगाडि बढेको बताएका छन् ।
आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कानुनको रक्षक हुनुपर्ने सरकार भक्षक हुँदै गएको र सरकारले नै खुलेआम कानुनको उल्लंघन गरेको बताएका हुन् ।
वर्तमान सरकारमा दुई तिहाईको दम्भ सवार भएको भन्दै उनले समितिमा विचाराधीन भएका विधेयक फिर्ता नलिइ सोही विषयमा अध्यादेश ल्याएको धारणा राखे । उनले अध्यादेशमार्फत ३० वटा कानुनमा संशोधन गर्न खोज्नु सही नियत नरहेको बताए ।
उनले मिडियालाई नियन्त्रण गर्ने सरकारको कामको व्यापक भण्डाफोर गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले विपक्षी दलको खबरदारीकै कारण संसद बोलाउन सरकार तयार भएको भन्दै आगामी दिनमा सरकारको गलत काम विरुद्ध एक भएर लाग्ने बताए । उनले सरकारको गलत कुरामा साथ दिन नसक्ने स्पष्ट पारे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया