नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु

भारत - शनिबार राति भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेसनमा भागदौड हुँदा १० महिला र तीन बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । तीमध्ये नाैजना बिहारका, आठजना दिल्ली र एकजना हरियाणाका छन् ।
गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’मा पवित्र स्नान गर्नका लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेसनमा मानिसको भिड लागेको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजन रेलमा चढ्न जम्मा भएका वेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो।
मृतकको शव निकालिएको छ भने घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया