३०० परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर : रौतहट-३ का सांसद तथा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रभु साहले चुनावी प्रतिवद्धता बमोजिम गुजरा नगरपालिका-८, जयराजपूरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।सोमबार जिल्लाको उत्तर-पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको जयराजपूरमा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ३०० परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।
कार्यक्रममा संघीय सांसद समिना हुसेनले खाना पकाउनमा सहजता ल्याउन तथा धुवाँका कारण स्वास्थ्यमा हुने असर न्युनीकरण गर्न सांसद साहको धुवाँ चुल्हो मुक्त अभियानले ठूलो भुमिका खेलेको भन्दै प्रसंशा गरिन् । प्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए ।
सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् । यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया