क्राइटएरिया पुगेमा बुटवल उपमहानगर महानगर बन्न सक्छ : उपप्रधानमन्त्री सिंह

बुटवल- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताएका छन् । शनिवार बुटवल उपमहानगरपालिकाको ६६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशाेधन र ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर अहिले सरकार बनेको बताए ।
`राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसदका दुई ठुला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,´ उनले भने,`संघीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ । राजनीतिक स्थीरता र आर्थीक समृद्धिका लागि सरकार लागेको छ ।´
त्यस्तै, उपप्रधानमन्त्री सिंहले अब शहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनसक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरि शहरलाई अघि बढाउनुपर्ने बताए ।
बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताए । आर्थिक गतिविधि मात्र हाेइन बुद्धजन्मस्थल लुम्बिनी देखि मुक्तिनाथसम्म जाेडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाई थियो । उपप्रधानमन्त्री सिंहले क्राइटएरिया पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेको पनि उनले बताए ।
उपप्रधानमन्त्री सिंहले लौह पुरूष गणेशमान सिंह जेल ब्रेक गरेर बुटवल पुगेको सन्दर्भ चर्चा गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा बुटवलको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे । उनले बुटवलको विकासको लागि शहरी विकास मन्त्रालयमार्फत गर्न सकिने काम भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया