जेलेन्स्कीद्वारा युक्रेनको ‘सुरक्षा सुनिश्चितता’ का लागि माग

म्युनिख, जर्मनी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताएका छन् ।
मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका हुन् ।
जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत सहभागी म्युनिख सुरक्षा सम्मेलनमा तीन वर्षे युक्रेन युद्धलाई समाप्त गर्ने वासिङ्टनको प्रयासमा किनारा नलगाइयोस् भनेर सुनिश्चित गर्ने युक्रेनी प्रयासलाई प्रस्तुत गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुसी नेता भ्लादिमिर पुटिनसँग युद्धविराम वार्ता सुरु गर्न चाँडै नै भेट्ने घोषणा गरेपछि यसले युक्रेनका लागि अमेरिकी समर्थनको यथास्थितिलाई लिएर अमेरिकाका मित्रराष्ट्रहरूलाई स्तब्ध पारेको छ।
म्युनिखमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युद्धको अन्त्य हुनुअघि ह्वाइट हाउससँग ‘थप कुरा’ गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
“हामी शान्ति चाहन्छौं तर हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिएको छ,” भान्ससँगको पहिलो भेटपछि उनले भने ।
जेलेन्स्कीको चिन्ता अमेरिकी सञ्चारमाध्यम एनबीसीसँगको अन्तर्वार्ताको पूर्वावलोकनमा पनि प्रदर्शित भएको थियो, जसमा भनिएको थियो, “संयुक्त राज्य अमेरिकाको समर्थन बिना युक्रेनको स्वतन्त्र अस्तित्वका साथ बाँच्नको लागि निकै कम मौका हुनेछ।”
यसबीच भान्सले जेलेन्स्कीसँग ‘राम्रो कुराकानी’ भएको बताएका छन् र युद्धको अन्त्य गर्ने अमेरिकी ट्रम्प प्रशासनको लक्ष्यलाई स्वीकार गरेका छन् ।
“हामी पूर्वी युरोप दुई वर्षपछि द्वन्द्वमा फस्ने खालको शान्ति नभई स्थायी तथा दिगो शान्ति हासिल गर्न चाहन्छौं,”भान्सले भन्नुभयो।
जेलेन्स्कीले एक्समा उल्लेख गरे अनुसार युत्रविराम र शान्ति वार्ताबारे थप छलफलका लागि वासिङ्टनबाट एक जना दूतले किएभको भ्रमण गर्नुहुनेछ ।
उनले लेखेका छन्, “हामी वास्तविक र प्रत्याभूत शान्तितर्फ जतिसक्दो चाँडो अघि बढ्न तयार छौँ ।”
युक्रेनी नेताले पुटिनको ९० मिनेट लामो फोन वार्तापछि यसै साता ट्रम्पसँग भएको फोन वार्ता ‘सुखद नभएको’ बताएका थिए ।
अमेरिकी अधिकारीहरूले रुसको आक्रमणसँग लडिरहेको तीन वर्षपछि युक्रेनलाई चिसोमा नछोड्ने बताएका छन् । म्यूनिख बैठकअघि भान्सले संयुक्त राज्य अमेरिका रुसलाई दबाब दिन तयार रहेको बताउँदै युरोप ‘निश्चित रूपमा’ टेबलमा रहनुपर्ने बताए ।
उनले युरोपलाई आफ्नो प्रतिरक्षालाई मजबुत बनाउन र वासिङ्टनलाई विश्वका अन्य देशहरूमा खतराहरूमा ध्यान केन्द्रित गर्न अनुमति दिन पनि आग्रह गरेका छन् । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया