शंकर पोखरेल गरे कनकमणि बुद्धको मूर्ति अनावरण

काठमाडौँ : कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ । शनिबार कपिलवस्तु नगरपालिका-५ गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणी बुद्धको प्रतिमा मुख्यमन्त्री शंकर पोखरेलले अनावरण गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले कपिलबस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ भएको र यसलाई चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन् हुने बताए । संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमासहितको पार्कले ध्यान खिच्ने उनको भनाई छ ।
अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मुर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ । कनकमणि बुद्धको मुर्ति विश्वको दोस्रो हो । यस अघि बर्मामा कनकमणिको मुर्ति रहेको छ । मुर्ति सहित बगैँचाको समेत उद्घाटन गरिएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया