स्मिता पाटिलका छोराको बिहे हुँदै, परिवारले पाएनन् निम्तो

मुम्बई- राज बब्बर र दिवंगत अभिनेत्री स्मिता पाटिलका छोरा प्रतिक बब्बर चाँडै प्रिया बनर्जीसँग विवाह गर्न लागेका छन् ।
तर, उनले आफ्नो परिवारलाई समारोहमा निम्तो दिएका छैनन्। उनका बुवा राज बब्बर, भाइ आर्य बब्बर र परिवारका अन्य सदस्यलाई विवाहको निम्तो आएको छैन ।
प्रतिकको पछिल्लो ६ महिनादेखि परिवारसँग राम्रो सम्बन्ध छैन । प्रतीकले परिवारबाट किन टाढिए भन्ने कुरा बुझ्न नसकेको उनका भाइ आर्य बब्बरले बताएका छन । उनले यो घटना सम्पूर्ण परिवारका लागि निकै दुखद र पीडादायी भएको बताए । आर्याका अनुसार परिवारले सम्बन्ध सुधार्न सक्दो प्रयास गरेका थिए तर सम्भव भएको छैन् ।
आर्याले भनिन्, ‘सबै कुरा भर्चुअल भएको बेला मैले मेरो माया र शुभकामना व्यक्त गर्न भर्चुअल मार्ग लिने निर्णय गरेको छु। हाम्रो सम्पूर्ण परिवार, आमा, बुवा र जुहीको तर्फबाट मैले मेरो युट्युब च्यानल ‘बब्बर साब’ मा ‘बब्बर तो शादी करता रहे हैं’ शीर्षकको एउटा विशेष स्ट्यान्ड–अप भिडियो बनाएको छु। तिनीहरूको अनुहारमा मुस्कान ल्याउने मेरो हलुका तरिका हो र सायद तिनीहरूको हृदयमा थोरै न्यानोपन बाँकी होला । जे भए पनि हामी सधैं एक परिवार हुनेछौं।’
प्रतिक बब्बर र प्रिया बनर्जीको विवाह परम्परागत रीतिरिवाज अनुसार हुने र यसमा नजिकका साथीहरु मात्र सहभागी हुने भएका छन् । प्रतिकको यो दोस्रो विवाह हो । यसअघि उनले सन् २०१९ मा सान्या सागरसँग विवाह गरेका थिए तर २०२३ मा दुवैको सम्बन्धविच्छेद भएको थियो ।
यता, प्रतिक र प्रिया विगत चार वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । २८ अगस्त २०२४ मा दुवैले आफ्नो विशेष मित्रताको चार वर्ष मनाएका थिए। सामाजिक सञ्जालमा एउटा तस्विर सेयर गरिएको थियो, जसमा उनले हार्दिक सन्देश पनि लेखेका थिए ।

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

प्रतिक्रिया