अमेरिका–रूस वार्ताअघि ‘रूसलाई रोक्ने’ योजना बनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

ब्रसेल्स- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग वार्ता सुरु गर्नुअघि रूसलाई रोक्ने संयुक्त योजनामा अमेरिका सहमत हुनुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्ति वार्ता सुरु गर्ने घोषणा गरेको भोलिपल्ट नाटोका साझेदारसँगको भेटमा पेन्टागनका प्रमुख पीट हेगसेथले यसको अर्थ किएभको तीन वर्षे सङ्घर्षको प्रयासमाथि विश्वासघात भएको बताएका छन् ।
ट्रम्पको यो कदमले युक्रेन र युरोपेली सहयोगीहरूलाई स्तब्ध तुल्याएको छ र अमेरिकाका युरोपेली साझेदारहरूमध्ये धेरैले खुलेआम उहाँको रणनीतिमाथि प्रश्न उठाएका थिए।
ट्रम्पले आफूसँग कुरा गर्नुअघि पुटिनलाई फोन गर्नु ‘सुखद नभएको’ जेलेन्स्कीले शुक्रबार बताएका छन् । उनले अमेरिकी राष्ट्रपतिले आफू दुवै नेतासँग मिलेर कुरा गर्न चाहेको पनि बताए ।
शुक्रबार म्युनिखमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई भेट्ने तयारीमा रहेका युक्रेनी नेताले कुनै पनि वार्ता हुनुअघि नै अमेरिकालाई ‘पुटिनसँगको वार्ताबाट रोक्ने योजना’ बनाउन चाहेको बताएका छन् ।
बुधबार पुटिनसँग ९० मिनेट लामो टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनशान्ति वार्ताका लागि साउदी अरबमा रूसी नेतासँग भेट्ने अपेक्षा गरेको बताएका थिए ।
व्यापक युरोपेली सुरक्षालाई एजेन्डामा राख्न चाहेको क्रेमलिनले वार्तामा ‘कुनै न कुनै तरिकाले’ किएभ सहभागी हुने तर रूसी–अमेरिकी द्विपक्षीय मार्ग पनि हुने बताएको छ ।
युक्रेनका युरोपेली समर्थकहरूले किएभमा सम्झौता गर्न बाध्य पार्ने कुनै पनि कदमलाई अस्वीकार गरे र मस्कोलाई आफ्ना सबै कार्डहरू दिन वासिङ्टनको स्पष्ट इच्छाको आलोचना गरे ।
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले कुनै पनि प्रकारको ‘निर्देशित शान्ति’ लाई अस्वीकार गरेका छन् । उनका रक्षामन्त्रीले वासिङ्टनले क्रेमलिनलाई पहिले नै ‘सहुलियत’ दिइरहेको कुरा ‘खेदजनक’ भएको बताएका थिए ।
ब्रसेल्समा नेटो वार्तामा पत्रकारहरूलाई सम्बोधन गर्दै इयूका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले वासिङ्टनले रूसप्रति ‘तुष्टीकरण’ गरेको आरोप लगाउँदै यस्तो अवस्थामा कुनै पनि सम्झौताले काम गर्न नसक्ने बताएका छन् ।
उनले भने, “वार्ता सुरु हुनुअघि नै हामीले कुनै पनि कुरा टेबलबाट हटाउनु हुँदैन किनभने यो रूसको अनुकुल हुन जान्छ र उनीहरूले चाहेको कुरा पनि यही हो।”
“कुनै पनि द्रूत समाधान गलत सम्झौता हो र यसले दीर्घकालीन शान्तिका पक्षमा काम गर्दैन,” उनले भने ।
ट्रम्प प्रशासनले युक्रेनको सम्पूर्ण भूभाग पुनः प्राप्त गर्ने र नाटोमा सामेल हुने लक्ष्यमा तुषारापात गर्दै अघि बढेपछि यो कदम चालिएको हो ।
हेगसेथले युरोपले अब युक्रेनलाई सहयोगको ‘ठूलो हिस्सा’ उपलब्ध गराउन थाल्नुपर्ने र अमेरिकाले कुनै पनि सम्झौताअन्तर्गत सुरक्षा प्रत्याभूतिका रूपमा सेना नपठाउने बताए ।
नेटोको बैठकमा बोल्दै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुखले भने “त्यहाँ कुनै विश्वासघात छैन। शान्तिस्थापनाका लागि सिङ्गो विश्व र संयुक्त राज्य अमेरिकाको लगानी र चासो छ भन्ने मान्यता छ ।”
यसका लागि दुवै पक्षले आफ्ना मागबाट लचक हुन आवश्यक छ।
उहाँले ट्रम्पले पुटिनलाई फाइदा पुर्याइसकेको कुरा अस्वीकार गर्दै वार्तामा रुसी नेता र जेलेन्स्की दुवै सहभागी हुने बताए ।
युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले किएभका नाटो पक्षधर अधिकारीलाई भने, “हामी जारी राख्छौँ, हामी बलियो छौँ र सक्षम छौँ, हामीले समाधान दिनेछौँ ।”
जेलेन्स्की र भान्सबीच म्युनिखमा हुने भेटवार्ता ट्रम्पका उच्च अधिकारीका लागि युरोपका उच्चस्तरीय मुठभेडको पछिल्लो भेट हुनेछ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सुरक्षा सहयोगको बदलामा युक्रेनको दुर्लभ जमिनमा वासिङ्टनलाई ‘पहुँच प्रदान’ गर्ने विषयमा बुधबार किएभमा वार्ता गरेका थिए। (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया