अमेरिकाले भन्यो- गाजाबारे अरब समुदायको विचार सुन्न इच्छुक छौँ

वासिङ्टन- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न आतुर रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको सम्पूर्ण जनसङ्ख्यालाई विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अरब समुदायबाट यसको व्यापक विरोध भएको थियो ।
विदेशमन्त्री रुवियोले इजिप्ट र जोर्डनसँग वासिङ्टनमा भएको वार्तापछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) का साथै इजरायलमा रहँदा आफूले उनीहरूका विचारबारे छलफल गर्ने विश्वास व्यक्त गरेका छन् ।
रुबियोले अरब राष्ट्रहरूका बारेमा भने, “आशा छ, उनीहरूसँग राष्ट्रपतिलाई प्रस्तुत गर्ने वास्तवमै राम्रो योजना हुनेछ ।”
“अहिले गाजाको सम्बन्धमा एक मात्र योजना ट्रम्पको योजना हो तर यो उनीहरू (अरब समुदाय)लाई मन परेको छैन । त्यसैले, यदि उनीहरूसँग राम्रो योजना छ भने, अब यसलाई प्रस्तुत गर्ने समय हो,” उनले परम्परावादी ‘होस्ट’हरू क्ले ट्राभिस र बक सेक्सटनको रेडियो शोसँगको कुराकानीमा भने ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सत्तामा आएसँगै गाजाका छिमेकी इजिप्ट र जोर्डनले गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीलाई स्वीकार नगरे त्यसको परिणाम उनीहरूले नै भोग्नुपर्ने चेतावनी दिएका थिए ।
रुबियोल भने, “यी सबै देशहरूले प्यालेस्टिनीहरूको ख्याल राखोको देखाउन चाहन्छन् तर उनीहरूमध्ये कोही पनि प्यालेस्टिनीलाई लिन चाहँदैनन्। तीमध्ये कसैले पनि गाजाका लागि केही गरेको इतिहास छैन ।”
जोर्डनले २० लाखभन्दा बढी प्यालेस्टिनी शरणार्थीलाई आश्रय दिइसकेको छ ।
कूटनीतिज्ञहरूका अनुसार इजिप्टले केही हप्ताभित्र ट्रम्पलाई विकल्प प्रस्तुत गर्ने प्रयासको नेतृत्व गरिरहेको छ ।
इजिप्टको प्रस्तावमा गाजामा नयाँ सुरक्षा बललाई प्रशिक्षण दिने र स्थानीय प्यालेस्टिनी नेताहरूको पहिचान गर्ने बिषय समावेश छ ।
अरब राष्ट्रहरूले ‘असल नियतका साथ काम गरिरहेका छन्’ भन्ने आफूलाई विश्वास रहेको बताउँदै रुबियोले भने, “प्यालेष्टिनी भूमिमा भविष्यमा हमासको कुनै पनि प्रशासनिक भूमिका हुन नहुने इजरायल र अमेरिकाको धारणा रहेको छ ।”
उनले भने, “यदि यस क्षेत्रका देशहरूले यो टुक्रा पत्ता लगाउन सक्दैनन् भने, इजरायलले यो गर्नुपर्नेछ, र त्यसपछि हामी जहाँ थियौँ त्यहाँ फर्कनेछौँ।”
रुबियोका पूर्ववर्ती एन्टोनी ब्लिन्केनले प्यालेस्टिनी प्राधिकरणले गाजालाई आफ्नो नियन्त्रणमा लिन नसकेसम्म अन्तर्राष्ट्रिय शक्ति र संयुक्त राष्ट्रसङ्घले गाजामा अस्थायी भूमिका निर्वाह गर्ने योजना अघि सारेका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कट्टर दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै लामो समयदेखि प्यालेस्टिनी राज्यको विरोधको एक भागको रूपमा वेस्ट बैङ्कमा आधारित प्यालेस्टिनी प्राधिकरणलाई कमजोर पार्न खोजेका छन् । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया