नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

गण्डकी- नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ ।
पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो ।
समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै तीन वर्षअघि नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानावारीमा गरिएको बताउनुभयो । विसं २०७८ फागुन २५ गते चराविज्ञत्रय सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टिकाराम गिरीको टोलीले त्यसताका चराको अभिलख गरेको जानकारी दिए ।
उनका अनुसार यो चाँचर भारतदेखि पूर्व बङ्गलादेश, भूटान, म्यान्मा, लाओस, थाइल्यान्ड र भियतनामसम्म तथा उत्तरमा चीनदेखि दक्षिण कोरियासम्म पाइन्छ । यसले जाडोमा तल्लो तटीय क्षेत्र र गर्मी मौसममा चीनका पहाडी क्षेत्रहरूमा विचरणसमेत गर्ने गर्दछ । यो चरालाई अङ्ग्रेजीमा ‘ब्ल्याक ब्रेस्टेट थ्रस’ भनिन्छ ।
कोशी प्रदेशको मोरङ र सुनसरीमा अवस्थित समुन्द्री सतहबाट १०० देखि एक हजार ३०० मिटरसम्म करिब ५० हजार हेक्टरमा फैलिएको धरान फरेष्ट चराका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको चराविज्ञ घिमिरेले बताए । बर्ड लाइफ इन्टरनेसनलले पहिचान गरेको नेपालका ४२ वटा क्षेत्रमध्ये यस वनलाई एक महत्वपूर्ण वनका रूपमा लिइन्छ । रासस
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_9z4qejpKuJ_ymw5j7bapr2njkg7ihlgc3fqzbsjjyt2zqkm04bruyuftbbkm0zy4kppb4rr.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

बारपाकको दलितबस्ती : बत्तीमुनिको अँध्यारो

सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

कृषिमा जोडियो माओवादी, तनहुँमा ५० रोपनीमा अदुवा खेती
म्याग्दीमा पशुपालन गर्ने घट्दै

प्रतिक्रिया