भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

भद्रपुर (झापा)- यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ राजस्व सङ्कलन गरेको छ ।
प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार पाँच सय ६९ रजिष्ट्रेसन पारित भएका छन् । यसैगरी मृत्युपछिको नामसारी पाँच सय ६७, घर कायम पाँच सय ८७, हाल साबिक अद्यावधिक नौ सय ८९, दाखिला खारेज एक सय ७१, संशोधन नौ सय १४, मोही बाँडफाँट ११, मोही नामसारी नौ र तीन सय ७० जनाको मोही लगत कट्टा भएको छ ।
प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको बताए ।
उक्त कार्यालयले आव २०८०/८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजस्व सङ्कलन गर्दा ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेसन पारित भएका थिए ।

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन्’

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा कालोपत्र थालियो

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

प्रतिक्रिया